‘मिलन’को फस्ट लुक सार्वजनिक, कार्तिकबाट फिल्म प्रदर्शन हुने



रंगखबर, काठमाडौँ –  त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’को फस्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक भएको छ।  निर्माण टिमले कार्तिक १८ लाई फिल्मको प्रदर्शन मिति चुनेको छ।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र कुशल शाह ठकुरी र शिल्पा थापा फिचर्ड छन। सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको मिलनबाट कुशल र शिल्पाले डेब्यु गरेका हुन्।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । प्रविन थापाले निर्माण गरेको फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र डिके हमाल र गीताञ्जली योगीको मेकअप रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्ममा सलोन, कुशल र शिल्पासंगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्