अरुण क्षेत्रीलाई लन्च गर्दै ‘महापुरुष’को नयाँ पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’को नयाँ पोस्टर रिलिज भएको छ ।

नयाँ पोस्टरमा नयाँ कलाकार अरुण क्षेत्री र हरिवंश फिचर्ड छन् । यो पोस्टर निर्माण पक्षले अरुणलाई दर्शक सामु परिचित बनाउन सार्वजनिक गरेको हो ।

कमेडी फ्लेवरको पोस्टरमा मोटरसाइकलमा सवार हरिवंश स्पीड ब्रेकरमा असहज देखिन्छन । अरुण भने रमाइलो मानिरहेका छन् ।

विज्ञान भूमिका निर्वाह गरेका अरुण सिनेमामा हरिवंशका कान्छा छोरा हुन् ।

अडिसन मार्फत महजोडीसंग जोडिएका अरुण ‘महापुरुष’लाई लिएर उत्साहित छन् ।

‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केहि मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र दाई र प्रदीप दाई सहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा निकै उत्साहित छु’ अरुणले भने ।

फिल्मका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डाइरेक्टर तथा थियटर आर्टिस्ट सुदाम सिकेले अरुणलाई सिफारिस गरेका थिए ।

‘हाम्रो माग अनुसार सुदामले अरुणको बारेमा जानकारी दिनु भएको थियो। पछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले छनोट गरेका हौँ’ बानियाँले भने ।

फिल्म सम्बन्धि अध्ययन गरेका अरुण यसघि २० बढी अडिसनमा छनोट हुन् सकेका थिएनन् । तर, ‘महापुरुष’मा उनले देखाएको आत्मविश्वासले छनोट चरण पार गरेको निर्माता बानियाँले भने ।

‘उनले गरिरहेको मेहनत मात्र नभई मृदुभाषी मिलनसार हुनुका साथै काम पनि प्रसंसनिय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन् अरुण ।’ रविन्द्रले थपे ।

प्रदीप भट्टराई लेखन तथा निर्देशन रहेको फिल्म कार्तिक ११ देखि प्रदर्शनमा आउदैछ । ब्लकबस्टर ‘शत्रुगते’पछि महजोडीसंग यो प्रदीपको दोस्रो सहकार्य हो ।

मदनकृष्ण, हरिवंश र अरुणसंगै फिल्ममा गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याललगायतका कलाकारहरुको अभिनय छ ।

षट्कोण आर्ट्स प्रालिको व्यानरमा निर्मित फिल्ममा दिपेश खत्रीले लगानी छ ।

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा ऋदम कँडेलको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्