सर्यो सुरक्षाको ‘बुलाकी’, अब फागुनमा रिलिज



रंगखबर, काठमाडौँ –  कार्तिक १८ मा प्रदर्शन हुने भनिएको फिल्म ‘बुलाकी’ले आफ्नो रिलिज डेट परिवर्तन गरेको छ। अब भने सो फिल्म फागुन १९ गतेबाट अल नेपाल प्रदर्शन हुने भएको छ। आउदै गरेको प्रतिनिधि सभा र प्रदेश चुनावको असर फिल्ममा देखिने भएर निर्माण टिमले आफ्नो रिलिज डेट सरेको बुझ्न सकिन्छ।

सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन्। सुरक्षा र नरेनसंगै फिल्ममा बिराज बिष्टको पनि मुख्य भूमिका छ । जारी प्रथाको कथामा  निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भने स्वर्गिय मोति बिष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्