रिलिज भए ‘प्रकाश’ र ‘राधा’, ‘लाइगर’लाई खराब समिक्षा



रंगखबर, काठमाडौँ – शुक्रबारबाट दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

दुवै फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएका थिए । त्यसैको आधारमा निर्माताले राम्रो व्यापार गर्ने आँकलन गरेका छन् ।

तर, मल्टिप्लेक्समा हिन्दि फिल्म ‘लाइगर’ले सुरुवाती शोजमा दवदवा कायम गरेको छ । जसले गर्दा ‘प्रकाश’ र ‘राधा’ मारमा परेका छन् ।

‘लाइगर’को समिक्षा निक्कै कमजोर आएका कारण वीकडेजमा ‘प्रकाश’ र ‘राधा’को शोजमा बढोत्तरी हुने अपेक्षा राखिएको छ ।

दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मले जुम्ला जिल्लाको तिर्खु गाउँको विपन्न युवकले शिक्षक बन्न गरेको संघर्षको कथा पेस गर्छ । फिल्मलाई प्रिमियरमा अधिकांसले उत्कृष्ट भनेका थिए । फिल्ममा प्रदीपले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

सुवर्ण थापा निर्देशित ‘राधा’मा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, द्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मले वेपत्ता पतिको पर्खाइमा रहेको एक गर्भवती महिलाको कथा भन्छ । फिल्मको शिर्ष भूमिका सृष्टिले निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्