‘छड्के २’को पोस्टरमा अनमोलको ग्याङस्टर लुक



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को फस्टलुक रिलिज भएको छ । सार्वजनिक पोस्टरमा अनमोल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट खिल्ली छ । उनको शरीर भरी ट्याटु खोपिएको छ । छातीमा १९९४ डेट खोपिएको छ ।

फिल्मको फस्टलुक सार्वजनिक गर्दै अनमोल फेसबुकमा लेख्छन, ‘पागलपन भर्खरै सुरु भएको छ !’

छायांकनरत ‘छड्के २’लाई निगम श्रेष्ठले निर्देशन गरिरहेका छन् । फिल्ममा निगम कै लेखन छ ।

६० दिनको छायांकन सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्म चितवन र मुस्ताङमा खिचिनेछ । फिल्ममा अनमोलसंगै रोविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी छ ।

फिल्मका अन्य कास्ट एण्ड क्रु निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्