‘सम्हालिन्छ कहिले मन’को प्रचार सामग्रीमा टिकटक बनाउँनुस एक तोला सुन जित्नुस



रंगखबर, काठमाडौँ – यहि शुक्रबारबाट अल नेपाल प्रदर्शन हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले प्रचार प्रसारलाई तिव्र बनाउन थालेको छ। यही क्रममा फिल्मको निर्माण टिमले दर्शककालागि एक तोला सुन जित्ने सुनौलो अवसर ल्याएको छ। दर्शकहरुले ‘सम्हालिन्छ कहिले मन’ को प्रचार सामग्रीहरु तीन गीत र ट्रेलर मध्ये कुनैपनि भिडियो छानेर टिकटक बनाउँदा एक तोला सुने जित्न सक्नेछन। त्यसपछि #SKMfilm ह्याजट्याग गर्नु पर्नेछ। भदौ १९ राति १२ बजेसम्म भिडियो अपलोड गरिसक्नु पर्नेछ।  प्रतियोगितामा सबै भन्दा धेरै भ्युज भएको प्रयोगकर्ताबाट बिजेता छानिनेछ। विजेतालाई २१ गते पुरस्कार वितरण गरिनेछ ।

सुदर्शन थापा निर्देशित फिल्ममा महेश दवाडीको कथा रहेको छ। फिल्ममा पूजा शर्मा , आकाश श्रेष्ठ र सोनम तोप्देनका अलावा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य, मरिस्का पोखरेललगायतले पनि अभिनय गरेका छन् । सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्