गुरुङ संस्कृतिमा आधारित फिल्म ‘नैना’ को बिशेष प्रदर्शन हुने



रंगखबर,काठमाडौँ। गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने भएको छ। दिप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। दिप गुरुङ,सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन्।

सुरज गुरुङ,आनन्द गुरुङ,लक्ष्मी गुरुङ,सीता गुरुङ,सुकमान गुरुङ,एलिना गुरुङ,कुमार समरी घले,टेक बहादुर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। मधुर बस्नेतले छायाँकन गरेको फिल्मलाई मेक बहादुर थापाले सम्पादन गरेका छन्। फिल्ममा पवन रानाको संगीत,जितेन्द्र क्षेत्रीको शब्द रचना रहेको छ।

प्रतिक्रिया दिनुहोस्