ट्रेलर र गीतले बढायो ‘बाबरी’को हाइप, अस्ट्रेलिया राइट्स बिक्रि



रंगखबर, काठमाडौँ – धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको अभिनय रहेको फिल्म ‘बाबरी’को विदेश राइट्स बिक्रि सुरु भएको छ ।

निर्माण पक्षले हङकङ राइट्स बेच्दै विदेश राइट्सको सुरुवात गरेको थियो । यसै बीच फिल्मको अस्ट्रेलिया राइट्सपनि बिक्रि भएको छ ।

मेभन कन्सल्टिङ ग्रुपले अस्ट्रेलिया राइट्स खरिद गरेको हो । अब नेपाल रिलिजको १० दिनपछि अस्ट्रेलियामा फिल्म प्रदर्शन गरिनेछ ।

मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु/विक्की श्रेष्ठ र निर्माण कम्पनि बाबरी फिल्म्सबीच कागजी सम्झौता भएको छ ।

नोभेम्बर ६ मा हङकङमा समेत फिल्मको प्रदर्शन थालनी गरिनेछ । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज १४ देखि नेपालमा रिलिज हुँदैछ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा धिरज, अदिति र धिरजका अलावा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मका गीतसंगीत र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन् । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भएका छन् । धिरज र अदितिको दोस्रो फिल्म भएका कारण बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्