‘सायरा’ को औपचारिक घोषणा, आर्यन मुख्य भूमिकामा



रंगखबर, काठमाडौँ : फिल्म ‘सायरा’को औपचारिक घोषणा भएको छ।  मङ्गलबार राजधानीमा अपत्राकर सम्मेलन गरेर निर्माण टिमले फिल्मको बन्ने जानकारी दिएको छ। डी.बि.आर. मिडिया एण्ड मुभिजको ब्यानर तथा अष्ट्रेलियाको आइविल प्रोडक्सनको सहकार्य रहेको फिल्ममा आर्यन सिग्देल, सुफिया ईराम सिद्दीकी र कविता नेपाली मुख्य भूमिकामा देखा पर्ने भएका छन। दशैँ पछि छायांकन सुरु हुने फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन।

निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र बाकीको १० प्रतिशत नेपालमा हुनेछ।  नायिका सिफिया सिद्दिकीको यो पहिलो डेब्यु हुनेछ भने मोडल कविता नेपालीले पनि यसै फिल्मबाट डेब्यु गर्दैछन।  सिफियाले एक दर्स्हज भन्दा बढी बलिउड फिल्म तथा म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छन भने कविता नेपाली पनि नेपाली म्युजिक भिडियो क्षेत्रकि स्थापित मोडल हुन भन्दा फरक नपर्ला उनि अहिले सुपर डान्सर नेपालकि कार्यक्रम प्रस्तोता पनि हुन। पुष्कर झाले निर्माण गर्ने फिल्ममा रघु परियार प्रस्तुतकर्ता रहेका छन भने  कार्यकारी निर्माता काजीमान अत्रेय छन्।  फिल्मको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो ।

 

प्रतिक्रिया दिनुहोस्