‘लाखे’को जापान राइट बिक्रि



रंगखबर, काठमाडौँ: सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार किनेको जानकारी कार्यकारी निर्माता हरि मल्ल ठकुरीले दिएका छन् । फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको ‘लाखे’ को टिजरले पनि दर्शकको ध्यान तानेकाले ‘ओभरसिज राइटस्’ का लागि अफर आइरहेको मल्ले बताए । जापानपछि केही दिनमै अन्य देशमा फिल्म बेच्ने तयारी गरिएको उनले सुनाए ।
युवा निर्देशक सम्राट बस्नेत निर्देशीत फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।
कार्तिक ११ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम) हुन् भने निर्मातामा सिजन अर्याल र डिपी भण्डारी छन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्माता सिजन अर्यालकै हो भने पटकथा,सम्वाद आकाश बरालले लेखेका छन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्