झन्डै दुई दशक पछि सान्नानीको रिमेक सार्वजनिक



रंगखबर, काठमाडौँ:  झन्डै २ दशक अघिको सुपर हिट गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ। त्यस बेला हरेक युवाको मुखमा झुण्डीएको गीतलाई दर्शकको चाहना अनुसार गायक बाबु बोगटीले रिमेक बनाएका हुन। नन्दिता केसी र बाबु स्वयमले अभिनय गरेको सुपर हिट गीतमा यस पटक भने बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा प्रिन्सीको अभिनय देखन सकिने छ भने गीतमा अभिनेत्री नन्दिता केसीको केमियो देख्न सकिन्छ।लामो समय देखि ग्याप लिएर बसेकी अभिनेत्री नन्दिता केसीले सोहि गीतबाट आफ्नो कम ब्याक हुने संकेत देखाएकी छन। प्रहिल कार्कीको निर्देशन रहेको गीतमा सुरेन बसेलको कोरियोग्राफी छ । उत्तम हुँमागाईंको छायाँकन रहेको भिडियोलाई माधब बेल्वासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्