पौषमा पुष्प र साम्रागीको ‘तिम्रो मेरो साथ’



रंगखबर, काठमाडौँ : लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मका निर्माता तथा निर्देशक  रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। साम्रागी र पुष्पको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ अब भने आउँदो पौष २९ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। निर्माता पौडेलले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् फिल्ममा उनकै कथा रहेको छ। पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहका अलावा फिल्ममा  सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।  फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ

प्रतिक्रिया दिनुहोस्