‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ : दयाहाङ राई  र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ।  मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। यस अघि निर्माण टिमले फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गरिसकेको छ।  सार्वजनिक ट्रेलरमा २ साथी बीच शिकार गर्दा आउने उतार चढावलाई देखाउन खोजिएको छ।

ट्रेलर हेर्नुस :

 

किरण नेपालीले निर्माण गरेको ‘दुई नम्बरी’ लाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र सौगातका अलावा उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शारदा गिरी, श्रेयस पौडेल, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, राजु थापा मगर, गणेश बस्याल लगायतका कलाकारकको अभिनय रहेको छ । स्मरण रहोस नायिका उगेन छोदेन भुटानी अभिनेत्री हुन् , उनको  यो पहिलो नेपाली फिल्म हो। उनले भुटानी फिल्महरुमा आफ्नो अभिनय देखाईसकेकी छन। यहि असोज २१ गते बाट देशभर एकसाथ प्रदर्शन हुने फिल्ममा सुसन प्रजापतिको छायांकन, जयन जे वाइवा र भुषण खतिवडाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेकको छ ।

प्रतिक्रिया दिनुहोस्