‘लाखे’को आइटम गीत सार्वजनिक, अनुप र आर्यनको ठुम्का



रंगखबर, काठमाडौँ : कार्तिक १८ गते बाट देशभर प्रदर्शन हुने फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो। सार्वजनिक ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य कलाकारद्वय अनुपविक्रम शाही र आर्यन अधिकारीले कम्मर भाचेका छन भने मोडल सुक्मीत तामाङ घिसिङले साथ दिएकि छन। हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको आवाज रहेको गीतमा शब्द संगीत गयक स्वयमकै रहेको छ।

गीत हेर्नुस :  

एक्सन थ्रिलर फिल्ममा सिजन अर्यालको कथा, आकाश बरालको पटकथा/संवाद र अनुप न्यौपानेको संवाद छ।  सुशन प्रजापतिले खिचेको फिल्ममा दीपक बज्राचार्यको संगीत, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ । हरि मल्ल ठकुरीको कार्यकारी निर्माण रहेको फिल्ममा सिजन अर्याल र जिएम ठकुरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्