फ्राईडे रिलिज : मल्टिस्टारर फिल्म ‘लाखे’ देशभर एकसाथ



रंगखबर, काठमाडौँ : मल्टिस्टारर फिल्म ‘लाखे’ आज शुक्रबारबाट अलनेपाल रिलिज भएको छ। एक्सन थ्रिलर जनराको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया बटुली सकेको छ। सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बालगायतका कलाकारहरुको अभिनय छ । एक्सन थ्रिलर फिल्ममा सिजन अर्यालको कथा, आकाश बरालको पटकथा/संवाद र अनुप न्यौपानेको संवाद छ । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । फिल्ममा दीपक बज्राचार्यको संगीत, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ । हरि मल्ल ठकुरीको कार्यकारी निर्माण रहेको फिल्ममा सिजन अर्याल र जिएम ठकुरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्