गायक कृष्ण बिकको ‘रानी माया’ सार्वजनिक



रंगखबर, काठमाडौँ : गायक कृष्ण विकको ‘रानी माया’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकि छन। यस अघि गायक कृष्णको ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत सार्वजनिक भएको थियो जुन हिट सावित भैसकेको छ। श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । गीत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा सार्वजनिक गरिएको हो । गीतमा गायक कृष्णले र मोडल अनु आचार्यको अभिनय अभिनय रहेको छ  । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ्ग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

गीत हेर्नुस : 

https://youtu.be/tYt3eNVjQ-U

प्रतिक्रिया दिनुहोस्