‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउ २५ हजार जितौ



रंगखबर, काठमाडौँ: पौष २९ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’ को निर्माण टिमले टिकटक भिडियो कम्पिडीसन गर्ने भएको छ।  फिल्म रुमालै  बाटेर टाई बनामु बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। सहभागीहरूले #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ । टिकटक प्रतियोगिता अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ । बिजेताले २५ हजार नगद र फिल्मको प्रिमियरको ३ वटा पास जित्न सक्नेछन।

गीत हेर्नुस : 

फिल्मको निर्देशन निर्माता रमेश एम के पौडेलले गरेका हुन्। पौडेलले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् फिल्ममा उनकै कथा रहेको छ। पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्ममा यी दुईका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।  फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ।

प्रतिक्रिया दिनुहोस्