डाँडा घरे युवा समुहको ‘निरमाया ठुली’ सार्वजनिक



रंगखबर, काठमाडौँ: ‘डाँडा घरे साईली’को अपार सफलता पछि गायक स्वरुपराज आचार्य र लक्ष्मी मल्लले ‘निरमाया ठुली’ सार्वजनिक गरेका छन।  डाँडाघरे साईलीकै कलाकारहरुलाई लिएर बनाईएको गीत उत्कृष्ट बनेको छ। प्रेम प्रस्तावको जवाफ माग्दै बनाईएको भिडियो पनि साच्चै हेर्न लायक बनेको छ।  गीतको भिडियोमा शिल्पा पोखरेल, प्रकाश सपुत र करिश्मा ढकालको मेहनत निकै नै देखिएको छ। कृष्ण केसीको शब्द रचना रहेको गीतमा श्रीकृष्ण बम मल्लले सुमधुर संगीत भरेका छन। नबराज उप्रेतीले खिचेको भिडियोलाई मौसमी हिमालीले कोरियोग्राफी तथा निदेशन गरेका छन। प्रविन भट्टले सम्पादन तथा कलरिङ्ग गरेको गीतमा कोरस आवाज भने रामकृष्ण बम मल्ल श्रीकृष्ण बम मल्ल, सुनितमी परियार र रेजिना परियारको रहेको छ।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्