नम्रताको ‘डेसान’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ : अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘डेसान’को टिजर सार्वजनिक गरिएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निम्न टिमले फिल्मको टिजर सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको छ। सामाजिक महामारीको कथामा आधारित फिल्मको टिजरमा नम्रता सापकोटा र भोला सापकोटाका साथै निशान चौहान, पुनम थापा केन्द्रमा छन।

टिजर हेर्नुस : 

 

मंसिर २३ गते देखि प्रदर्शन हुने फिल्मलाई कमल एकचै मगरले निर्देशन गरेका हुन्। पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । फिल्ममा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको पनि अभिनय छ ।

 

 

प्रतिक्रिया दिनुहोस्