‘डिसेम्बर फल्स’ टिजर : नर्स उपासनाको प्रेममा आर्यन



रंगखबर, काठमाडौँ: आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले फिल्मको प्रचार स्वरुप टिजर फालेको हो। १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यन सिग्देललाई लभर ब्वाईको रुपमा देखिएका छन भने उपासनालाई नर्सको भूमिकामा देख्न सकिन्छ। टिजरमा आर्यन उपासनाको प्रेममा परेको भान हुन्छ। भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन रहेको फिल्मको केहि दिन अघि मात्र छायांकन सकिएको थियो।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्।

फिल्ममा आर्यन र उपशाना सहित सुमन थापा,नरेश भट्टराईका साथमा सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। यहि पौष १५ गतेबाट देशभर प्रदर्शन हुने फिल्मलाई रामप्रसाद रिजाल र राजकुमार भट्टले निर्माण गरेका हुन्।

टिजर हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्