‘ह्यारी की प्यारी’ ३ पोस्टर सहित रिलिज डेट सार्वजनिक



रंगखबर, काठमाडौँ: जितु नेपाल र साम्रागी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारी की प्यारी’ले नयाँ रिलिज डेट घोषणा गरेको छ। शुक्रबार अभिनेत्री शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले फिल्मका ३ वटा पोस्टर सार्वजनिक गर्दै रिलिज डेट फिक्स गरेको हो। अब भने फिल्म माघ २० गतेबाट देशभर प्रदर्शन हुने भएको छ। सार्वजनिक पहिलो,दोश्रो र तेश्रो पोस्टरमा जितु र साम्रागी फिचर्ड छन। पहिलो पोस्टरमा यी दुई कलाकार रोमान्टिक मूडमा देखिएका छन् भने त्यसै गरि दोश्रोमा ब्याण्ड बाजा सहित जितु र साम्रागी साईकलमा सवार छन, र अन्तिम पोस्टर निकै नै रमाईलो देख्न सकिन्छ। पोस्टरमा होचा जितुले अग्ली साम्रागीसँग जोडी बाध्न भरपुर कोशिस गरिरहेका छन।

कपिल रिजाल निर्देशित फिल्मले आफुले पाएको भूमिका अहिलेसम्म कै चुनौतिपूर्ण रहेको अभिनेता जितु नेपालले बताएका छन् । सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्