‘पानी पर्यो छाता छैन’मा सरोज र स्मारिका



रंगखबर, काठमाडौँ : गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘पानी पर्यो छाता छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ । निक्कै नै रमाइलो शैलीको यो गीतमा मोडलद्धय सरोज राना प्रजा र स्मारिका ढकालको गज्जबको डान्स हेर्न सकिन्छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्