एलिसा र राहुलको ‘ठ्याक्क ठ्याक्क’ यस्तो बन्यो



रंगखबर, काठमाडौँ: एलिसा राई र राहुल शाह फिचर्ड डान्सिङ नम्बर ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक भएको छ। शुक्रबार नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा एलिसा र राहुलले मज्जाले कम्मर भाचेका छन। गायिका अन्जु पन्त र गायक टिका बोमजमको आवाजमा गीत पर्फेक्ट बनेको छ। गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ भने भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहले नै गरेका हुन्। पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्