फ्राईडे रिलिज : सलोनको ‘मिलन’सँग वरुणको ‘भेडिया’को टक्कर



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभर फिल्म ‘मिलन’ले प्रदर्शन सुरु गरेको छ। सलोन बस्नेत, कुशल शाही ठकुरी, शिल्पा थापा अभिनित फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ। टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजु सेन्चुरीको संगीत र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । प्रविन थापाले निर्माण गरेको फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र डिके हमाल र गीताञ्जली योगीको मेकअप रहेको छ । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्ममा सलोन, कुशल र शिल्पासंगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतको पनि अभिनय छ । कुशल र शिल्पाले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

 

‘मिलन’संगै बलिउड फिल्म ‘भेडिया’ पनि प्रदर्शन भएको छ। वरुण धवन र कृति स्यानोन अभिनित फिल्मको ट्रेलर र गीतले एक प्रकारको हाईप बनाईसकेको छ।  प्रिमियरमा राम्रै प्रतिक्रिया पाएको ‘मिलन’ले दर्शकहरुबाट भने कस्तो प्रतिक्रिया पाउने छ भन्ने हेर्न बाकी नै छ।

प्रतिक्रिया दिनुहोस्