‘तिम्रो मेरो साथ’ टिजर : पुष्प र साम्राज्ञीको प्रेम र बदला



रंगखबर, काठमाडौँ: अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को अफिसियल टिजर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो। यस अघि फिल्मको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सार्वजनिक भैसकेको छ। सार्वजनिक १ मिनेट ३० सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रि केन्द्रमा रहेका छन। झट्ट हेर्दा त्रिकोणात्मक प्रेम कथाको भान हुने फिल्मको टिजरमा सस्पेन्स पनि देख्न सकिन्छ।

टिजर हेर्नुस : 

यहि पौष २९ गतेबाट अलनेपाल प्रदर्शन हुन लागेको फिल्मलाई निर्माता रमेश एम के पौडेलले निर्देशन गरेका हुन्। उनले यहि फिल्मबाट निर्देशनमा हात हालेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिपका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्