‘डेसान’ ट्रेलर : प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा



रंगखबर, काठमाडौँ :  नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  शुक्रबार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रचार थालनी गरेको हो।  सामाजिक कथावस्तुमा आधारित फिल्ममा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत देख्न सकिन्छ। १ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु केन्द्रमा देखिएका छन।

ट्रेलर हेर्नुस : 

कमल एक्चै मगर निर्देशीत फिल्म पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्माण भएको हो। कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । मंसिर २३ गते प्रदर्शन हुने फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारहरुको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्