‘कल हो ना हो’ले पुरा गर्यो १९ बर्ष



 काठमाडौँ : सन् २००३ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कल हो ना हो’ ले प्रदर्शनको १९ बर्ष पुरा गरेको छ। निखिल अडवानीद्वारा निर्देशित फिल्मका लेखक करन जोहर थिए भने निर्माता यस जोहर थिए ।  फिल्ममा शाहरुख खान, सेफ अलि खान र प्रिती जिन्टाको मुख्य भूमिका रहेको थियो । फिल्मको फिमेल लिडका लागि करनले पहिला करिना कपुरलाइ अफर गरेका थिए र उनि आफ्नो रोजाइमा ढुक्क थिए तर पारिश्रमिक अपुग भयो भन्दै करिनाले अफर अस्विकार गरेकी थिइन । करनले उनीबाट यस्तो प्रतिक्रिया आउला भन्ने कहिल्लै आशा गरेका थिएनन् , त्यस् घटनापछि करन र करिना बिचको मित्रतामा दरार आइ केहि समयसम्म बोलचाल समेत बन्द भएको थियो।

लभ ट्रयाङ्गल कथामा आधारित ‘कल हो ना हो’ आजको दिनमा पनि हरेक ब्याक्तिको प्रिय फिल्म रोजाइको प्राथमिकतामा पर्दछ । फिल्म ब्लकबस्टरसंगै बर्षकै सर्वोकृष्ट फ्लिम बनेको थियो । दुई राष्ट्रिय अवार्ड, ६ निर्माता समाज अवार्ड, १३ अन्तरास्ट्रिय इन्डियन फिल्म अवार्ड, ३ स्क्रिन अवार्ड र दुई जी सिने अवार्ड हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्