मिस इन्टरनेसनलका लागि जापान उडिन न्यान्सी



रंगखबर, काठमाडौँ: दुई सातापछि हुने विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा सहभागी हुन मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् । उनि आफ्नो देश र सम्पूर्ण शुभचिन्तकहरुको माया र न्यानो आशिर्वाद प्रति आभार ब्यक्त गर्दै नेपाललाई विश्व सामु चिनाउने उदेश्य बोकी जापान हिडेकी हुन्। उनीसँगै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् । डिसेम्बर १३ मा टोकियोमा पेजेन्टको ६० औं संस्करणको ग्राण्ड फिनाले आयोजना हुँदैछ। कोरोना महामारीको कारण यसअघि दुईवर्ष भर्चुअलरुपमा भएको पेजेन्ट यसपटक भौतिकरुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने यसपटकको संस्करणमा राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन ‘ब्यूटीज् फर एसडीजीज्’ नारा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्