‘पासो’ले हरेक मानिसलाई बाच्ने प्रेरणा दिन्छ : रिस्ता र सुनिशा



रंगखबर, काठमाडौँ : आउदो शुक्रबारदेखि देशभर एकैसाथ नेपाली थ्रिलर फिल्म ‘पासो’ रिलिज हुँदैछ। फिल्मलाई आरबी पुनले निर्देशन गरेका छन् भने भगवान भुजेल निर्माता छन् । ‘पासो’ सँग अरु कुनै नेपाली फिल्महरु रिलिज नहुने भएकाले पनि केहि फाईदा भने अवश्य नै पुग्ने विश्वाश निर्माण टिमको छ। फिल्ममा मुख्य भूमिकामा रिस्ता बस्नेत र सुनिशा बजगाईं छन्, न कुनै हिरो, न कुनै संगीत एउटा बक्सा भित्रमै कथा बुनिएको छ । यो हाल बजारमा चलिआएको फिल्म भन्दा फरक कथा बोकेको र यसले बेग्लै स्वाद दिनेछ भनी पासो टिमले दाबी गरेका छन् । मान्छेले आफ्नो जीवनमा आउने आपतकालीन समस्या र आफैसंगको लडाईमा बिजयी कमाउनु र आफुलाई बचाउन गरिएको एक व्यक्तिको जिन्दगीसँगको संघर्षमा आधारित कथाले पक्कै नयाँ स्वाद पस्कनेछ । फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बाकसभित्र बन्द भएर छायांकन गर्नुपरेको अनुभव रिस्ताले सुनाइन् । सुनिशाले भने पाँच दिनसम्म हात बाँधेर काम गरेकी थिइन् । दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले रुचाउने आशा राक्दै यसले पक्कै पनि असल प्रेरणा दिनेछ भनी विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्