रिस्ताको ‘पासो’ सार्वजनिक प्रदर्शनमा, उठाउला त सोलो रिलिज फाइदा ?



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ देशव्यापी प्रदर्शनमा आएको छ ।

एकल रिलिजको मौका पाएको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो । डेब्यु फिल्म ‘होस्टेल’पछि रिस्ता अभिनित कुनैपनि फिल्मले सफलता पाएका छैनन् । त्यसैले रिस्ताको लागि ‘पासो’ विशेष छ ।

आरबी पुनको पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा रिस्तासंगै सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशलगायतका कलाकारहरुको अभिनय छ ।

उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा सुर्य दयालुको संगीत र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा भगवान भुजेलको लगानी छ । फिल्मका सहनिर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्