गुञ्जनको ‘सास चल्छ’मा रोमान्टिक सारा र प्रितमराज



रंगखबर , काठमाडौँ: पौष २९ गतेबाट प्रदर्शन हुने फिल्म गुञ्जनको ‘सास चल्छ’ बोलको गीत सार्वजनिक भएको छ। सोहि गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो। सारा सिर्पाली र प्रितमराज सेन्चुरी रोमान्सले भरिएको गीतलाई प्रविसा अधिकारी र आरिफ रफको आवाज रहेको छ।  कर्णराज कार्कीले संगीत भरेको गीत निकै आकर्षक शैलीमा निर्माण भएकाले पनि दर्शकले गीतलाई मन पराउनेमा निर्माण टिम ढुक्क छ।

गीत हेर्नुस : 

 

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा को निर्देशित फिल्म सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्