सज्जनको गीत स्पटीफाइमा सबैभन्दा बढी सुनियो



रंगखबर, काठमाडौँ: इन्टरनेटमा विश्वकै ठूलो संगीत प्लेटफर्म स्पटीफाइ सन् २०२१ मा नेपालमा लन्च भएको हो। नेपाली गीत संगीतले पनि यसमा प्रवेश पाउन थालेका छन् ।

स्पटीफाइको तीन विधा रहेका छन् जसमा, नेपालमा बढी सुनिएको गायक, नेपालबाहिर बढी सुनिएको नेपाली गायक र नेपालभित्र बढी सुनिएको नेपाली गायक रहेको छ।

स्पटीफाइले सन् २०२२ मा सबैभन्दा बढी सुनिने नेपाली गायक र संगीतबारे तथ्यांक सार्वजनिक गरेको छ। जहाँ, सज्जनराज वैद्य सन् २०२२ मा नेपालभित्र सबैभन्दा धेरै सुनिने गायक बनेका छन् । गायक सगुन नेपाल बाहिर सबैभन्दा धेरै सुनिएका नेपाली गायक बनेका छन् भने समीर श्रेष्ठको गीत ‘थामन हात’ स्पटीफाइमा यस वर्ष बढी सुनिएको गीत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्