फ्राईडे रिलिज : ‘डेसान’ र ‘सोल अफ द कमान्डो’



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभर २ फिल्म ‘डेसान’ र ‘सोल अफ द कमान्डो’  प्रदर्शनमा आएका छन। अभिनेत्री नम्रता सापकोटा अभिनित फिल्म ‘डेसान’ सामाजिक कथा वस्तुमा आधारित छ भने ‘सोल अफ द कमान्डो’  एक्सन जनरामा निर्माण भएको छ। फिल्ममा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राईको अभिनय रहेको छ।

‘डेसान’ कमल एक्चै मगर निर्देशीत फिल्म पर्फमिङ आर्ट कृएसनको ब्यानरमा निर्माण भएको हो। कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगरलगायतका कलाकारहरुको अभिनय छ ।

त्यस्तै, युवराज (वीरबहादुर) राई निर्देशित ‘सोल अफ द कमान्डो’  मा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् ।

 

प्रतिक्रिया दिनुहोस्