शिल्पा र आकाशको ‘सुन्तली मिठाई’ सार्वजनिक



रंगखबर, काठमाडौँ: अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री शिल्पा पोखरेल अभिनित नँया म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सुन्तली मिठाई’ बोलको गीतमा शिल्पा र आकाशलाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ।  जीवन पन्तको आवाज रहेको गीतको शब्द शान्ती राज र संचारकर्मी सन्ध्या थापाले सयुक्त रुपमा लेखेका हुन्।  निशान घिमिरेको निर्देशन र सम्पादन रहेको गीतलाई अमर रावलले कोरियोग्राफी गरेका हुन्।  दिपक शर्माको संगीत रहेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका हुन्।  प्रिस्म रेकर्डिंग स्टुडियोमा रेकर्ड भएको गीत सार्थक डिजिटल युटुव च्यानलमा हेर्न सकिन्छ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्