रंगखबर, काठमाडौँ : अन्तत: अभिनेत्री तथा निर्देशक झरना थापाको सुहानाको लागि जोडी खोज्ने काम सफल भएको छ। आफैले निर्देशन गर्ने आगामी फिल्म ‘भगवत गीता’का लागि केहि समय अघि देखि हिरोको तीव्र खोजि गरिरहेकी उनले अब भने गीताका लागि भगवत भेटेकी छन। उनले आईतबार मात्र आफ्नो फिल्म ‘भगवत गीता’मा अभिनेता धिरज गुरुङलाई अनुवन्धित गर्दै कागजी समुझौता गरेकी छन। अब दर्शकहरुले सुहानाको जोडीको रुपमा धिरजलाई देख्नेछन। केहि समय अघि टाईटल अनाउन्समेन्टको भिडियो सार्वजनिक गरे देखि फिल्मको चर्चा चुलिन थालेको थियो झनै सुहाना र धिरजको जोडी पर्दामा आउने भएपछि फिल्मले अझै धेरै चर्चा हुने अड्कल सुरु भई सकेको छ।
फिल्म सुहाना इन्टरटेनमेन्ट ब्यानरमा सुनिल कुमार थापाले निर्देशन गर्दैछन। फिल्ममा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ । फिल्मका अन्य कलाकारहरुको भने अहिले सम्म टुंगो लागिसकेको छैन।