‘सरि मम’को ट्रेलर रिलिजसंगै स्पेसल स्क्रीनिङ सम्पन्न



रंगखबर, काठमाडौँ: माघ ५ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘सरि मम’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार चलचित्र विकास बोर्डमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक सहित स्पेसल शो गरेको थियो। लागुऔषध दुर्व्यसनको शिकार र त्यसबाट आउने परिणाम समेटीएर बनाईएको फिल्मको कथा आमा छोराको कहानीमा आधारित छ। फिल्ममा सरिता लामिछाने र नव नायक प्रभात पल ठकुरीको अभिनय तारिफ योग्य छ। फिल्मलाई प्राविधिकहरुले मिलेर बनाएका हुन्।

निर्माण टिमले आयोजना गरेको स्पेसल शोकै लागि भनेर अभिनेत्री करिष्मा मानन्धरपनि चलचित्र विकास बोर्ड पुगेकी थिईन। प्राविधिकहरुले बनाएको फिल्म भएकाले उनि फिल्म हेर्नका लागि उत्साहित देखिएकि थिईन। निर्माण टिमलाई शुभकामना दिने क्रममा करिष्मा भन्छिन ‘ आज करिष्मा मानन्धर वा राजेश हमाल यहाँ सम्म आई पुग्नुमा प्राविधिक साथीहरुको ठुलो हात रहेको छ, यदि उहाँहरु नहुनुभएको भए हामी कलाकारहरुको कुनै अस्तित्व रहदैन थियो। उनि थप्छिन त्यहि कारणले पनि फिल्म हेर्न आईपुगे।’ उनले फिल्म हेरीसके पछि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पनि निर्माण टिमलाई बधाई तथा शुभकामनाका शब्दहरु व्यक्त गरेकी छन।  उनि लेख्छिन ‘ चलचित्रकर्मी महेन्द्र लामाका सुपुत्र बिनोद लामा र प्राबिधिकहरु टिम मिलेर युवा जागरणका लागि निर्माण गरिएको ´ सरि मम ` चलचित्र ,चलचित्र हलहरुमा छिटै आउदैछ ।
संदेश मुलुक सोही चलचित्रको विशेष समारोहमा उपस्थित हुदा , प्याप्सन लगायत विभिन्न शैक्षिक संघसंस्थाहरुले चासो राखेको देखे आशा छ यो चलचित्रको संदेशले युवाहरूलाई उत्प्रेरित गर्नेछ ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।’

 

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीले निर्देशन गरेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् भने प्रितम पाण्डेले सम्पादन गरेका हुन्।आयुष बुढाथोकी र सरोज पौडेलले  लेखेको फिल्ममा विनोद लामा निर्मातामा रुपमा देखिएका छन भने  सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि लगानी रहेको छ ।

फिल्ममा सरिता र प्रभातका अलावा सरोज खनाल एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतको पनि अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्