विवेकलाई परिवार सहित नेपालमा भव्य स्वागत



रंगखबर, काठमाडौँ: बलिउड अभिनेता विवेक ओबराय आफ्नो परिवारका साथ नेपाल आईपुगेका छन। उनि बुधबार मुम्बई हुदै त्रिभुवन विमानस्थलबाट काठमाडौँ झरेका हुन्। पहिलो पटक नेपाल आएकाले पनि निकै उत्साहित देखिएका उनि श्रीमती र बच्चाहरुलाई नेपाल बारे अझ धेरै जानकारी दिने र आफुलाई जानकारी नभएको ठाउँहरुको पनि जानकार हुने कुराले दंग देखिएका थिए। उनि भन्छन, ‘ मेरो माता पिता भने पहिले देखि नै नेपाल आवत जावत गर्नु हुन्थियो, म भने पहिलो पटक आएको हुँ। नेपाल र भारतको सम्बध परापूर्वक कालदेखि नै भएको हुँदा पनि नेपाल सधै प्यारो लाग्छ।’

 

विवेक पहिला लुम्बिनीमा आयोजना हुने मिट एण्ड ग्रीट कार्यक्रममा भाग लिनेछन् र त्यसपछि श्रीमती प्रियंका अल्वा, छोरा भिभान र छोरी अमेयासहित सगरमाथा आधार शिविर, पोखरा र काठमाडौंको पशुपतिनाथ लगायतका ठाउँ घुम्नेछु भन्दै, उनले आफ्नो योजना सुनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्