रिलिज अगावै ‘वेलकम टु हेम्जाकोट’ बन्यो उत्कृष्ट फिल्म



रंगखबर, काठमाडौँ:  रिलिज अगावै फिल्म ‘वेलकम टु हेम्जाकोट’ उत्कृष्ट फिल्मको अवार्ड आफ्नो पोल्टोमा परेको छ। काठमाडौँमा आयोजित ‘चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा फिल्मलाई उत्कृष्ट फिल्मको अवार्ड दिईएको हो। फेस्टिभलमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए । ३ दिने लामो फेस्टिभलको उद्घाटन तथा समापन समाहरोहमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे प्रमुख अतिथिको रुपमा थिए।

बुद्धि तामाङ, विनोद न्यौपाने, शारदा गिरी, दिनेश खड्का, अम्बिका तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई डेब्यु निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन्। पहिलो फिल्मनै उत्कृष्ट बनेपछि निर्देशक पौडेलको मुहारमा खुसी झलिएको थियो। अवार्ड जितेपछि उत्साहित हुदै पौडेल भन्छन, ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न यो अवार्ड मेरा लागि सफलतासँगै चुनौती हो र आफूमा अझ जिम्मेवारी थपिएको छ।’ क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म तेजप्रसाद दाहालको प्रस्तुति र जितेन्द्र गिरी निर्माणमा बनेको हो। सुमन खड्काले निर्माता रहेको फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन्। फिल्मको रिलिज डेट अहिले सम्म फिक्स भएको छैन।

प्रतिक्रिया दिनुहोस्