‘गुञ्जन’ पोस्टरमा प्रितम र सारा रोमान्टिक



रंगखबर, काठमाडौँ: द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यु निदेशन रहेको फिल्म ‘गुञ्जन’ले पोस्टर सार्वजनिक गर्दै आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ। अबभने फिल्म यहि पौष २९ गतेबाट देशभर रिलिज हुनेछ। सार्वजनिक पोस्टरमा नायक प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पाली फिचर्ड छन। पोस्टरमा प्रितम र सारालाई प्रेमिल रुपमा देख्न सकिन्छ। यस अघि फिल्मको ‘सास चल्छ ‘ बोलको गीत सार्वजनिक भईसकेको छ।

 

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । प्रेमकथामा निर्माण भएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ।

फिल्म सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मलाई लिएर निकै नै सकारात्मक छन। प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् भने साराले सुश्री सम्पति र पिंजडा ब्याक अगेनमा काम गरेर चर्चा बटुली सकेकी छन।

 

प्रतिक्रिया दिनुहोस्