‘भाकी सके’ भन्दै रोमान्टिक बने सविन र अनु



रंगखबर, काठमाडौँ: नायक सविन श्रेष्ठ र नायिक अनु शाह अभिनय रहेको नँया म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘भाकी सके’ बोल रहेको गीतमा सविन र अनुलाई रोमान्टिक देख्न सकिन्छ। गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको गीतमा प्रेम र रोमान्सका रमाइला पलहरु देख्न सकिन्छ। कालिन्चोक र आसपासमा छायांकन गरेको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन्।  केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्