गायक निशान भट्टराई र ऋचा न्यौपानेको वैवाहिक सम्बन्धमा दरार ?



रंगखबर, काठमाडौँ: नेपाल आइडल सिजन एकको फस्ट रनरअप भएपछि चर्चाको शिखरमा पुगेका गायक हुन् निशान भट्टराई। उनै निशानले आफु चर्चाको चरम बिन्दुमा पुगेको समयमा आफ्नै प्रेमीका तथा मोडल ऋचा न्यौपानेसँग कानुनी बिहे गरेर सबैलाई चकित पारे जसको कारण कयौँ युवतीहरुको दिल पनि टुटेको थियो।

अब भने गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको ३ बर्षे लामो वैवाहिक सम्बधमा दरार आएको हल्ला सुनिन थालेको छ। अहिले दुवैले आफ्नो सामाजिक सन्जालबाट एकअर्कालाई अनफलो मात्र होईन आफुहरु एकसाथ भएको सम्पूर्ण तस्बिरहरु डिलिट सम्म गरिसकेका छन। सामाजिक संजालमा एक्कासी एकअर्कालाई अनफलो गर्नु र बिहेको तस्बिरहरु हटाउनुले यी जोडीको सम्बन्धमा दरार आएको अड्कल गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्