‘डिसेम्बर फल्स’ ट्रेलर : ३५ बर्षे आर्यनलाई उपासना फकाउन सकस



रंगखबर, काठमाडौँ:  फिल्म ‘डिसेम्बर फल्स‘को अफिसियल ट्रेलर रिलिज भएको छ।  निर्माण टिमले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। २ मिनेट २३ लामो ट्रेलरमा फिल्मका मुख्य पात्र हरु आर्यन सिग्देल, उपासना सिंह ठकुरी र सलोन बस्नेत केन्द्रित छन। प्रेम, रोमान्स र बदलाको भान हुने ट्रेलर निकै राम्रो बनेको छ। यस अघि पोस्टर, टिजर र गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

प्रविण झा निर्देशित फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माताका रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्।

पौष १५ गतेबाट अलनेपाल रिलिज हुने फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत र उपासना सिंह ठकुरीका अलावा शिवहरी पौडेल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगातयत कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्