शोभितको ‘जय हो’मा निर्देशक टेक पौरखी राई फाईनल



रंगखबर, काठमाडौँ: शोभित बस्नेतले निर्माण गर्न लागेको फिल्म ‘जय हो’का लागि निर्देशक फाईनल भएका छन। फिल्मको निर्देशन टेक पौरखी राईले गर्ने भएका छन। सोमबार निर्माण टिम र निर्देशक राई बीच कागजी सम्झौता भएको हो। माघको अन्त्य तिर फ्लोरमा जाने फिल्मको छायांकन काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा हुने जानकारी निर्माण टिमले दिएको छ।

फिल्ममा सलोन बस्नेतको मुख्य भूमिका रहनेछ। निर्देशक राई र सलोनको यो दोश्रो सहकार्य हुनेछ। यस अघि सलोन र राईले फिल्म ‘मिलन’मा संगै काम गरिसकेका छन। सुरेश न्यौपानेको कथामा बन्न लागेको फिल्ममा सागर आले मगरको संगीत रहनेछ। राज के अधिकारी र सुरज सरकारको लगानी रहने फिल्ममा हालसम्म सलोन मात्र फाईनल भएका छन, भने अन्य कलाकारहरु चाडैनै फिक्स हुने जानकारी पनि निर्माण टिमको छ। फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुदैछ।

प्रतिक्रिया दिनुहोस्