‘कालो केशमा रिलिमई’को फिमेल भर्सनमा मिरुना र गणेशमान



रंगखबर, काठमाडौँ: ‘कालो केशमा रिलिमई’ र ‘कालो केशमा रेलिमाई २’को सफलता पछि सोहि गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गीतको फिमेल भर्सन रिलिज गरिएको हो।  गीतमा सुनिता थेगिमको आवाज रहेको छ। मिरुना मगर र गणेशमान घलेको अभिनय देख्न सकिन्छ। मिरुना र गणेशको रोमान्टिक केमेस्ट्रीले गीत झनै राम्रो बनेको छ।

 

केन्द्र मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको गीतमा कालो केशमा रेलिमाईका दुवै शृंखला गाएर चर्चा कमाएका गायक दिनेश ढकालको शब्द रचना रहेको छ भने राजेश पुमा राईको निर्देशन रहेको छ। उत्सव दाहालले खिचेको गीत केन्द्र मोसन पिक्चर्सकै युटुव च्यानलमा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्