दयाहाङ पछि ‘हात्तीछाप’मा सौगातको इन्ट्री



रंगखबर, काठमाडौँ: केहि दिन अघि मात्र अभिनेता दयाहाङ राई अनुवन्धित भएको फिल्म ‘हात्तीछाप’मा अब भने अभिनेता सौगात मल्लको इन्ट्री भएको छ। आईतबार अभिनेता सौगात र फिल्मका निर्माण टिम बीच कागजी सम्झौता भएको हो। सामाजिक कथावस्तुमा आधारित फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन्।

किरण नेपालीले निर्माण गर्ने फिल्मको लेखन प्रदिप भारद्वाजले गरेका हुन्।  प्रदिपको स्क्रिप्ट मन परेकाले नै निर्माता किरणले आफ्नो प्रोजेक्ट ‘पोई पर्यो काले २’ लाई पछि सार्दै ‘हात्तीछाप’ लाई अगाडी सारेका हुन्। फिल्म चैत्रबाट फ्लोरमा जानेछ। अभिनेता दयाहाङ र किरणले फिल्म ‘दुई नम्बरीमा’ सहकार्य गरेका थिए भने सौगात र किरणले ‘पोई पर्यो काले’ र ‘दुई नम्बरी’मा संगै सहकार्य गरिसकेका छन। अहिले सम्म दया र सौगात फाईनल भएपनि अन्य कलाकारहरुको टुंगो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्