एकैपटक ४ रियालिटी शोको घोषणा



रंगखबर, काठमाडौँ : टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो।
काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको केहि अवधारणा सार्वजनिक गरेको छ। कार्यक्रममा तिनवटै शोका निर्णायक, निर्देशक र टिमले आफ्नो शोका बारेमा जानकारी गराउदै, फ्लोरबाट आएका सम्पूर्ण प्रश्नहरुको जवाफ दिएका छन्।

जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन। त्यसैगरी, र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, सन्दिप बिस्ट अर्थात् मिस्टर डी र अभिजित भण्डारी एजे रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन्।

कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा दिनेशकुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको बताए।
डेटिङ रियालिटि सो फस्ट डेट यही १४ फेब्रुअरी आर्थत प्रणय दिवसलाई लक्षित गरेर ल्याइदै छ भने डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो वैशाखमा प्रशारण गरिदैछ। र्याप स्टार पुस महिना देखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्