‘तिम्रो मेरो साथ’ ट्रेलर: पुष्प र सन्दिप मध्ये साम्राज्ञी कसको भागमा ?



रंगखबर, काठमाडौँ: आउँदो पौष २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलर हेर्दा त्रिकोणात्मक प्रेमको भान हुन्छ। माया प्रेम र बदलाको मिश्रणले बनेको फिल्म साम्राज्ञी र पुष्पको दोश्रो सहकार्य हो। फिल्ममा संदिप क्षेत्रिपनि मुख्य भूमिकामा देखिएका छन।

 

निर्माता रमेश एम. के. पौडेलको डेब्यु निर्देशकीय फिल्म आर्यन फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको  ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिपका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

प्रतिक्रिया दिनुहोस्