‘गोर्खा वारियर’को टिजर यस्तो बन्यो



रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘गोर्खा वारियर‘। मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को हालै मात्र अफिसियल टिजर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गरेको हो।  यस अघि फिल्मको केहि पोस्टरहरु सार्वजनिक गरिएको थियो। सार्वजनिक १ मिनेट ३ सेकेन्ड लामो टिजरमा वीर गोर्खालीलाई लडाईको मैदानमा सत्रुहरुसँग लड्दै गरेको देख्न सकिन्छ।

 

लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स र रियर राई सहित रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । २०२३ मा रिलिज गर्ने तयारी गरेको फिल्ममा प्रशान्त थापा कार्यकारी निर्माता र सुरेश राई सहनिर्माताका रुपमा देखिएका छन। सुस्मिता वाइवा र सुमन राई निर्माता रहेको फिल्म सन १९४९को युद्धको सत्य घटनामा आधारित छ।

प्रतिक्रिया दिनुहोस्