आर्यन र उपासनालाई ‘यो के भयो’ ?



रंगखबर, काठमाडौँ: आउँदो शुक्रबार अर्थात पौष १५ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ले प्रचारको गतिलाई तीव्र गरिरहेको छ। केहि दिन अघिमात्र ट्रेलर सार्वजिक गरेको फिल्मका निर्माण टिमले अब भने नयाँ गीत सार्वजनिक गरेको छ। सार्वजनिक ‘यो के भयो’ बोलको गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन। गीतमा आर्यन र उपासनालाई रोमान्टिक मुद्रामा देख्न सकिन्छ। गितमा अस्मिता अधिकारी र मनिष ढकालको स्वर, सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमकै संगीत र कविराज गहतराजले कोरियोग्राफी रहेको छ।

 

प्रविण झा निर्देशित फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माताका रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्। फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत र उपासना सिंह ठकुरीका अलावा शिवहरी पौडेल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगातयत कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्