समुन्द्रको ‘गुलाबी’लाई सुहानाले वितरण गर्ने



रंगखबर, काठमाडौँ: फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल राईट्स बिक्री भएको छ। फिल्मलाई अब भने त्रिनेत्रम डिस्ट्रिब्युसनले डिस्ट्रिब्युट गर्ने भएको छ। अभिनेत्री सुहाना थापा सीईओ रहेको तथा निर्माता सुनिलकुमार थापा र निर्देशक/अभिनेत्री झरना थापाको कम्पनीसंग फिल्म ‘गुलाबी’ले सम्झौता गरेसंगै सो कम्पनिले फिल्म वितरण सुरु गरेको छ। सुहाना र निर्देशक भट्टले सम्झौतापत्र आदानप्रदान गरेका छन् । फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनि ओएसआरले खरिद गरेको छ । ओएसआर प्रमुख ओम अग्रवाल र भट्टबीच डिजिटल अधिकारमा सम्झौता भएको हो। राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुबै कम्पनिसँग सम्झौता गरेको निर्देशक भट्टको भनाई छ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने फिल्ममा भद्र भुजेल सह- निर्देशकका रुपमा देखिएका छन। पारालैंगिक कथावस्तुमा आधारित फिल्ममा नजिर हुसेन मुख्य भूमिका रहेको छ भने नाजिरको अपोजिटमा राजकुमार र सुशील सिटौला छन। फिल्ममा सञ्चिता लुइँटेल, विशाल पहारी,अनुपम श्रेष्ठ ‘हटी नटी’ र निशा बजगाईंको पनि मुख्य अभिनय रहेको छ। आकाश बुढाथोकी र रामकुमार श्रेष्ठको पटकथा रहेको गुलाबीमा संवाद भने अभिनेता नाजिर हुसेनको रहेको छ।

प्रतिक्रिया दिनुहोस्